फिलिपिन्सको दक्षिणी भूभागमा ६.३ म्याग्नीच्युडको भूकम्प




सिन्ह्वा, माघ २५ । फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिलिपिन्सको भूगर्भ विभागले जानकारी अनुसार स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको हो ।

फिलिपिन्सको माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्