नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ



कंचनपुर,माघ २५ । जिल्लाको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित दुई व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका– २४ बौद्धका ३३ वर्षीय विष्णु भट्ट रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाबाट नक्कली एक हजारको एक थान र ५०० का दुई थान नोट समेत बरामद गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्