नुवाकोटको ढिकुरेमा तनाव, दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्तिका माग गर्दै प्रदर्शन



क्षतिपूर्ति तथा कारबाहीको माग गर्दै स्थानीय प्रदर्शनमा

नुवाकोट,माघ २५। नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ पट्टाबारीमा बोलेरोको ठक्करबाट लिखु ३ पट्टावारीका कमानसिंङ तामाङ काे मृत्यु भएको छ।माेटरसाईकल दुर्घटना मा तामाङको मृत्यु भएपछी दाेषी लाई कारबाही र पिडीत पक्षलाई क्षतिपूर्ति काे माग गर्दै ढिकुरे मा स्थानीयले सवारीसाधन बन्द गराउदै प्रदर्शन गरेका छन्।

प्रर्दशनका कारण बिदुर-समुन्द्राटार- छहरे यातायात ठप्प भएको छ । बजार क्षेत्रमा प्रर्दशन भएसँगै बिदुरबाट ढिकुरे,खरानीटारबाट बिदुर हुँदै काठमाण्डौ जान लागेका यात्रुहरु अलपत्र परेका छन् । गएराति बेलुकी ११ बजे काठमाडौबाट ढिकुरेतर्फ जान लागेको प्रदेश नम्बर ३-०१-०२२ च ३७१९ नम्बरको बोलेरोले तामाङलाई ठक्कर दिएको थियो ।

घटनापछि चालक र बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सिताराम न्यौपानेले बताएका छन् । ढिकुरे प्रहरी पोस्टका सई नारायण झा ले भने घटनाको बारेमा साझापथले बुझ्न खोज्दा एकछिन है भन्दै मोबाइल अफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्