मकवानपुरमा हिउँमा चिप्लिएर सुमो दुर्घटना: १ को मृत्यु, ९ उपचाररत



हेटौंडा,माघ २५ । उत्तरी मकवानपुरको भीमफेदी-९ को गोलमोडमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् ।

काठमाण्डौबाट हेटौंडा आउँदै गरेको ना १ ज ४१३८ नंबरको सुमो गएराती दुर्घटना हुँदा सुमोमा सवार १० जना घाईते मध्ये एक जनाको मृत्यु र अन्यको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सप्तरीका अन्दाजी ३३ वर्षीय  प्रमान्द चौधरी रहेका छन् ।

शनिबार राति हिउँमा चिप्लिएर सुमो आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यलय पालुङले जनाएको छ । शनिबार दिउँसो मकवानपुरको सिमभञ्याङ क्षेत्रमा हिमपात भएको थियो । शनिबार दिउँसो वर्षा सहित हिमपात भएको हो । थाहा नगरपालिकाको सिमभञ्याङ तथा दामान क्षेत्रमा सामान्य हिउँ परेको र शिखरकोट क्षेत्रमा असिना पानी सहित सामान्य हिउँ परेको थियो ।

प्रतिक्रिया दिनुहोस्