गोली हानेर छोरीको हत्या



बैतडी,माघ २५ । जिल्लाको पुरचौर्डी नगरपालिकामा बाबुले छोरीलाई गोली प्रहार गरी हत्या गरेका छन् ।

विजयपुरको धौबिसैका ५० वर्षीय धनबहादुर महराले आफ्नै २० वर्षीया छोरी बेलमतीमाथि गोली प्रहार गरी हत्या गरेका हुन् ।

शनिबार साँझ घरायसी विवादमा धनबहादुरले छोरीको पिठ्युमा गोली हानी जंगलतर्फ भागेका थिए । घटना लगत्तै पुरघाट प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा गएको थियो । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्