नुवाकोटका कवि दिनेश पाण्डेको ‘सम्झनाका तरेली’ सार्वजनिक



काठमाडौ,माघ २४। नुवाकोटका कवि दिनेश पाण्डेको कृति ‘सम्झनाका तरेली’ शनिबार सार्वजनिक भएको छ। नुवाकोटको लिखु गाउँपालिका साविक थान्सिङ गाविस वडा नम्बर २ वितलबमा विक्रम संवत २०३३ सालमा जन्मिएका कवि पाण्डे एक कुशल प्राध्यापक तथा प्रवचकको रुपमा समेत चर्चित छन्।

आफ्ना बालापन र जीवनस्मरणलाई अत्यन्तै मार्मिक ढंगमा प्रस्तुत ‘सम्झनाका तरेली’ का केहि अंश पुस्तक विमोचन पूर्व नै चर्चित बनिसकेका थिए । शनिबार जूम मार्फत छन्द चौतारीबाट भएको विमोचन तथा लोकार्पण कार्यक्रममा अर्का चर्चित कवि डाक्टर खगेन्द्रप्रसाद दाहालको ‘मभित्रको महाभारत’ समेत सार्वजनिक भएको छ।

कार्यक्रमलाई कोक गोष्ठी,प्रतिभा निकुञ्ज एवम् छन्द चौतारी परिवारले साथ दिएको थियोे । सो पुस्तक विमोचन जुम समारोहमा युवा कवि विपिन पाठकले “सम्झनाका तरेली” स्मृतिमहाकाव्यबाट कवितांश वाचन गरेका थिए भने बाल वाचक सुमिनेशानन्द पाण्डेद्वारा “पुस्तकको तिरोधान” कृति बाट गरिएको कवितांश वाचन कार्यक्रमको आकर्षण रहेको थियो। प्रतिभा निकुञ्ज अध्यक्ष होम सुवेदीबाट कवि पाण्डेका दुई कृतिको समीक्षात्मक टिप्पणी समेत गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्