नुवाकोट शिवपुरी ७ मा राप्रपाको वडा समिति गठन



नवगठित वडा कमिटी

नुवाकोट,माघ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले वडातहका कार्यसमिति गठन गर्ने कार्यलाई तीव्र बनाएको छ । आउदो फागुन मसान्तसम्म जिल्लाका सबै वडामा पार्टीको वडा समिति बनाउने लक्ष्य सहित शनिबार शिवपुरी गाउँपालिका वडा नं. ७ मा वडा कार्य समिति गठन भएको हो । राप्रपा शिवपुरीका सुन्दर पाण्डेका अनुसार आइतराम तामाङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो । 

कार्यक्रम राप्रपाका केन्द्रिय सदस्य भरत पाठक, नानीमैया आचार्य,त्यस्तै क्षेत्रीय अध्यक्ष बिमल थापाको उपस्थिति तथा झमक प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि प्याकुरेलले चयन भएका कार्यसमितिलाई शुभकामना दिदै संगठन विस्तारमा जोड दिन आग्रह गरे ।  देशले सहि नेतृत्व खोजि रहेको भन्दै उनले राप्रपाले नै देशको मुहार फेर्ने बताए । 

सुनखानीको ठुलो पाटामा भएको पार्टी कार्यकर्ताले वडा समिति पदाधिकारीको उपाध्यक्षमा हर्कबहादुर गुरूङ, सरिता डङ्गोल, रूद्र गोतामे चयन भएका छन् । त्यस्तै सचिवमा नकुल उप्रेती र सहसचिवमा श्याम पाठक चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्