नुवाकोटको शिवपुरीमा हिउँ पर्यो (भिडियो)



नुवाकोट,माघ २४ । नुवाकोटको शिवपुरीमा हिमपात भएको छ । नुवाकोटसहित राजधानीको मौसममा केही दिनयता बदली भएको छ भने चिसो बढ्दै जाँदा शनिबार साँझ सामान्य हिमपात भएको हो । 

शिवपुरी राष्ट्रिय निकुञ्जले आसपासको क्षेत्रमा हिउँ परेको जनाएको छ । शिवपुरी निकुञ्ज क्षेत्रमा दिउँसोदेखि हिउँ परेपनि साँझ हिउँ पर्ने क्रम बढेको गुर्जे चेकपोस्टका असई गोपाल रानाले बताए। सडक क्षेत्रमा हिउँ जमेकाले संयमतापूर्वक सवारीसाधन चलाउन समेत उनले अनुरोध गरे।

हिमपात भएसँगै शिवपुरीको पर्यटकीय क्षेत्र सुइँरे चौरमा हिउँ खेल्न पुग्नेहरु बढ्ने गर्छन् । 

भिडियो हेर्नुस:-

भिडियो श्रोत:एलिसा थापा,वाग्मती प्रदेश उपसभामुख स्वकीय

प्रतिक्रिया दिनुहोस्