बितेको २४ घण्टामा ९९ संक्रमित थपिए



काठमाडौं, माघ २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा समयावधिमा २ सय ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६७ हजार ८ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्