कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु



टीकापुर,माघ २४ । कैलालीको खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा तीन पुरिएको र अन्य दुई घा‍इते भएको उल्लेख छ ।

मृत्यु हुनेमा पूर्वी खैरीफाटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक रहेका छन् ।

उक्त घटनामा परी काजल विक र अञ्जु जैगढी घाइते भएका थिए । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी न्यौपानले बताए ।

प्रतिक्रिया दिनुहोस्