ट्याक्सी चालक आन्दोलनमा



काठमाडौं, माघ २४ । ट्याक्सी चालक तथा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आफूहरुको व्यवसाय र पेशा नै जोखिममा परेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

पछिल्लो समय राजधानी काठमाडौमा टुटल र पठाओले सेवा दिन थालेपछि ट्याक्सी व्यवसाय संकटमा परेको उनीहरुको भनाइ छ ।

पठाओ र टुटल सञ्चालन यता उनीहरुले यात्रु कमै पाउन थालेको व्यवसायीहरुले बताउदै आएका छन् । निजी सवारी साधान भाडामा प्रयोग गर्न नमिल्ने भन्दै ट्याक्सी चालक तथा व्यवसायीले विरोध गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्