चट्याङले श्रीमानको ज्यान लियो, श्रीमती घाइते



रुकुम,माघ २४ । जिल्लामा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । मुसीकोट नगरपालिका ६, गवारीका ४२ वर्षीय भीमबहादुर बोहराको गएराति चट्याङ्ग लागेर मृत्यु भएको हो ।

बोहराको घरमै सुतिरहेको बेला चट्याङ्ग लागेर मृत्यु भएको हो भने बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएकी प्रहरीले जनाएको छ।

घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरीरको दायाँतर्फको भागमा चोट लागेको छ । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्