दाङमा मोटरसाइकलको ठक्करबाट २ को मृत्यु, १ घाइते



दाङ, माघ २४ । जिल्लामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्का रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार भएको दुर्घटनापश्चात दुबै जनालाई उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झकल शर्माका अनुसार दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार दंगिशरण -३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल घाइते भएका छन्। उनको पनि कोहलपुरमा उपचार भइरहेको छ।

प्रहरी निरीक्षक शर्माका अनुसार शुक्रबार बेलुका सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा१त ३४४१ नम्बरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प १४३४ नम्बरको मोटरसाइकललाई दंगिशरण-५ लौबस्ता भन्ने ठाउँमा ठक्कर दिएको थियो

प्रतिक्रिया दिनुहोस्