चीनले नेपाललाई ५ लाख कोरोना खोप दिने



काठमाडौ,माघ २४ । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको टेलिफोन सम्वादका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोना खोप दिने बताएका हुन ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएका छन् । यसअघि माघ १८ मा चीनले ३ लाख कोरोना खोप दिने भनिएको थियो र काठमाडौंस्थित चिनियाँ दूताबासले पनि त्यसको पुष्टि गरेको थियो ।

विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि थप हो भन्ने खुलेको छैन । यसअघि दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो र १४ माघबाट खोप अभियान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्