शनिबार देशभर केही स्थानमा हल्का वर्षा र हिमपात हुने



काठमाडौ,माघ २४ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी पहाडी भूभागका साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदलीको अवस्था रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने महाशाखाको भनाइ छ ।

प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

त्यस्तै, रातीसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्