नुवाकोटका कवि दिनेश पाण्डेको ‘सम्झनाका तरेली’ शनिबार सार्वजनिक हुँदै



काठमाडौ,माघ २३। नुवाकोटका कवि दिनेश पाण्डेको कृति ‘सम्झनाका तरेली’ शनिबार सार्वजनिक हुनेभएको छ। नुवाकोटको लिखु गाउँपालिका साविक थान्सिङ गाविस वडा नम्बर २ वितलबमा विक्रम संवत २०३३ सालमा जन्मिएका कवि पाण्डे एक कुशल प्राध्यापक तथा प्रवचकको रुपमा समेत चर्चित छन्।

आफ्ना बालापन र जीवनस्मरणलाई अत्यन्तै मार्मिक ढंगमा प्रस्तुत ‘सम्झनाका तरेली’ का केहि अंश पुस्तक विमोचन पूर्व नै चर्चित बनिसकेका छन्। शनिबार जूम मार्फत छन्द चौतारीबाट हुने विमोचन तथा लोकार्पण कार्यक्रममा अर्का चर्चित कवि डाक्टर खगेन्द्रप्रसाद दाहालको ‘मभित्रको महाभारत’ समेत सार्वजनिक हुनेभएको छ।

कार्यक्रमलाई कोक गोष्ठी,प्रतिभा निकुञ्ज एवम् छन्द चौतारी परिवारले साथ रहनेछ।

यस्तो छ कार्यक्रमको तयारी;-

कोकगोष्ठी-१०२
कोकगोष्ठी रजत महोत्सव वर्ष :
२०७७ माघ २४ गते, (6 February 2021) शनिवार, समय : १५:०० बजे
नाट्यसम्राट् कवि बालकृष्ण सम (१९५९ माघ २४-२०३८ साउन ६) को ११९सौँ जन्मजयन्ती विशेष
(कोकगोष्ठी, प्रतिभा निकुञ्ज र छन्दचौतारीको सहकार्यमा आयोजित प्रविधिमैत्री कोकगोष्ठी-१५)
कार्यक्रमको क्रम :
१. विषय प्रवेश र स्वागत : कोषराज न्यौपाने, कोषाध्यक्ष, कोकगोष्ठी
२. नाट्यसम्राट् कवि बालकृष्ण समको कविता वाचन :
३. कविताकृतिहरूको लोकार्पण : (सभाध्यक्ष र पुस्तक हातमा हुने सबैबाट)
क) डा. खगेन्द्रप्रसाद दाहालको कविताकृति- मभित्रको महाभारत (कवितासङ्ग्रह),२०७७
ख) दिनेश पाण्डेयका दुई काव्यकृति-
१) सम्झनाका तरेली (स्मृतिकाव्य),२०७७
२) पुस्तकको तिरोधान (खण्डकाव्य), २०७७
४. प्रा.डा. जीवन अधिकारीको कविता
५. प्रभा भट्टराईको कविता
६. कविता वाचन (मभित्रको महाभारत (कवितासङ्ग्रह) बाट-१) – डी.पी. मध्यमार्गी
७. समीक्षात्मक मन्तव्य : प्रा. डा. भीम खतिवडा (मभित्रको महाभारतबारे)
८. डा. खगेन्द्रप्रसाद दाहालको संक्षिप्त मन्तव्य र कविता
९. कविता वाचन ( दिनेश पाण्डेयका दुई काव्यकृतिबाट-१/१)
क) सम्झनाका तरेली (स्मृतिकाव्य)- विपिन पाठक
ख) पुस्तकको तिरोधान (खण्डकाव्य) – सुमिनेशानन्द पाण्डेय
१०. समीक्षात्मक मन्तव्य : होम सुवेदी (सम्झनाका तरेली र पुस्तकको तिरोधानबारे)
११. दिनेश पाण्डेयको संक्षिप्त मन्तव्य र कविता
१२. अतिथि कवि : प्रा.डा. दुर्गाप्रसाद अर्यालको कविता
१३. सम्बोधन र कविता : प्रा.डा. माधवप्रसाद पोखरेल, संरक्षक, कोकगोष्ठी
१४. धन्यवाद ज्ञापन : सोम निरौला, व्यवस्थापक, छन्द चौतारी
१५. सभाध्यक्षको मन्तव्य र कार्यक्रम समापन : रमेश खकुरेल, अध्यक्ष, कोकगोष्ठी ।

प्रतिक्रिया दिनुहोस्