कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु



काठमाडौं, माघ २३। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामक थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा नयाँ संक्रमित १ सय ५ थपिएका छन् । सोही समयावधिमा २ सय ७२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७१ हजार ७ सय ७ संक्रमित भएपनि २ लाख ६७ हजार ५ सय ६४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २ हजार १ सय ८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म २० लाख ८८ हजार ३ सय ७२ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ९२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्