गुल्मी जिल्ला प्रहरी कार्यालयमा १५५ वटा मुद्दा दर्ता



गुल्मी,माघ २३ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा १५५ वटा मुद्दा दर्ता भएका छन् । यस आर्थिक वर्षको साउन महिना देखि माघ महिनाको मध्यसम्ममा बिभिन्न शिर्षकमा मुद्दाहरु दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए ।

दर्ता भएका मुद्दाहरुमध्ये ५५ वटा फर्यौट भएका छन् । १ सयवटा मुद्दा फर्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा कर्तब्य ज्यानमा ४ वटा, ज्यान मार्ने उद्योग२ वटा, ज्यान सम्बन्धि २ वटा, भवितब्य ज्यानमा १९ वटा, फुटकर ज्यानमा १४ वटा मुद्दाहरु दर्ता भएका थिए । त्यस्तै झुण्डी आत्म हत्यामा४८ वटा, आत्महत्या दुरुत्सहानमा २ वटा, विष सेवन गरी आत्म हत्यामा ५ वटा रहेका छन् ।

पानिमा डुबेर आत्म हत्यामा १ वटा, जुवा १ वटा, हातहतियार खरखजनामा १ वटा, चन्दा सम्बन्धि कसूर १ वटा मुद्दा दर्ता भएका छन् । अभद्र ब्यबहारमा २१वटा, मानव बेचविखन तथा ओसारपसार तथा जवरजस्ती करणीमा १ वटा मुद्दा दर्ता भएका छन् ।
वहु विवाहमा ५ वटा, वाल विवाहमा १ वटा,जबरजस्ति करणीमा १० वटा, जबरजस्ति करणी उद्योगमा ३ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । बालयौन दुरुप्रयोग गर्न नहुनेमा १ वटा, अप्राकृतिक मैथुनमा १ वटा, सवारी ज्यानमा ५ वटा, सवारी अंगभंगमा १ वटा, सवारी दुर्घटनाबाट मृत्यु ( भवितब्य ) मा ४ वटा अपराधिक उपद्र गरेको कसुर (आगो लगाएको) १ वटा, पशुपक्षी सम्बन्धी कसूर १ वटा मुद्दाहरु दताए भएका थिए ।

दर्ता भएका केहि गम्भीर प्रकृतिका मुद्दाहरुमा थप अनुसन्धान भइरहेकाले छिट्टै फर्यौट हुने क्रममा रहेको प्रहरी उपरिक्षक (एसपी) श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्