नवौं दिनसम्ममा १ लाख ५८ हजारले लगाए कोरोना खोप



काठमाडौ,माघ २३ । कोरोना भाइरसविरुद्धको खोप अभियानको नवौं दिनसम्ममा साढे एक लाख भन्दा बढीले खोप लगाएका छन् । बिहीबारसम्मा ७७ वटा जिल्लाका दुई सय एक खोप केन्द्रबाट एक लाख ५८ हजार चार सय ८७ जनाले खोप लगाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै बागमती प्रदेशमा ५५ हजार पाँच सय चार जनाले खोप लगाएका छन् । प्रदेश १ मा २१ हजार सात सय ५४, प्रदेश २ मा २१ हजार एक सय ८५, गण्डकीमा १७ हजार दुई सय ६७, लुम्बिीनमा २३ हजार सात सय ९८, कर्णालीमा आठ हजार ७२ र सुदूरपश्चिममा १० हजार नौ सय सात जनाले खोप लगाएका छन् ।

पहिलो चरणको खोप अभियान आउँदो शनिबारसम्म चल्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्