प्रचण्ड – माधब समूह चुनावबाट डराए : खड्का



अर्घाखाँची,माघ २२ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्वलले प्रचण्ड माधव समूह चुनावबाट डराएको बताएका छन ।नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी पालिका कमिटी वडा नं. १ र २ द्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै उनले कार्यकर्ता र जनताले नपत्याए पछि प्रचण्ड माधब समूह निर्वाचन बाट भाग्न खोजेको बताए। प्रचण्ड र माधव नेपालमा भएको सांगठनिक अराजकता र पदलोलुपता नै पार्टी बिभाजनको मुख्य कारण भएको उनाको आरोप थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले छिट फुट बाहेक अर्घाखाँचीको पार्टी एक ढिक्का रहेको बताए । उनले गणतन्त्रको रक्षा ,अग्रगमन ,बिकास र समृद्धिको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपामा गोलबन्द हुन आग्रह गरे ।

अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्रीले समयमै निर्वाचन हुने बताउँदै चुनावको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरू सालिकराम आचार्य,दिपा पोख्रेल ,अनिरुद्र सुवेदी लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । कार्यक्रम वडा नं. १ मा भगवती आचार्यको अध्यक्षता र भुवन बि.क.को संचालन तथा वडा नं. २ मा प्रेम पछाईको अध्यक्षता र कमल पछाईको संचालनमा सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचार बिभाग प्रमुख तिलक मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्