बितेको २४ घन्टामा थप १ सय ७१ कोरोना संक्रमित



काठमाडौं, माघ २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ६ सय २ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा २२७  जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७६ हजार २ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्