जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते



काठमाडौ,माघ २२ । आम हडतालको क्रममा जनकपुरमा नेकपा दाहाल-नेपाल समूहको प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका हुन् ।

नेता झाको टाउकोमा चोट लागेको छ भने केही प्रदर्शनकारी पक्राउ परेका छन् । झडपका क्रममा केही गाडीमा तोडफोडसमेत भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्