सुनको भाउ घट्यो, तोलामा कति?



काठमाडौं, माघ २२ । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्रि भएको थियो । हिजोको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले घटेको हो । त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

बिहीबार चाँदीको मुल्यपनि २० रुपैयाँले घटेको छ । बुधवार तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय रुपैयाँमा खरीदविक्रि भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्