भूमिसम्बन्धी समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा बिन्दा ढुङ्गाना



नुवाकोट,माघ २१ । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा विन्दा ढुंगानालाइ नियुक्त भएकी छन । उनी नुवाकोट सुर्यगढीकी हुन।

तीन दशकदेखि कम्युनिष्ट राजनीतिमा आवद्ध अध्यक्ष ढुंगाना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य तथा मदन भण्डारी फाउण्डेसन नुवाकोटको अध्यक्ष समेत हुन् भने गत स्थानीय निर्वाचनमा सूर्यगढी गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेकी थिइन् ।

सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम भूमिसम्बन्धी समस्या समाधान आयोग यसअघि नै गठन गरेको थियो जसको कार्यकाल ३ वर्षको रहेको छ । केन्द्रीय आयोगले नेतृत्व पाएको एक वर्षपछि जिल्लास्थित आयोगले पूर्णता पाएको हो ।

सरकारले आयोग नुवाकोटको सदस्यमा नेकपा नुवाकोटका सचिवालय सदस्यद्धय बलराम आचार्य र नारायण घिमिरेलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्