सुरक्षा निकायलाई स्टाण्डबाई रहन सर्कुलर



काठमाडौ,माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले आह्वान गरेको आम हड्ताललाई लक्षित गरि नेपाल प्रहरीले विहीवार सुरक्षा सतर्कताका लागि सर्कुलर जारी गरेको छ ।

विहीवार बिहान ०८ः ३० बजेदेखि अर्को आदेश नभएसम्मको लागि प्रहरी प्रधान कार्यालयले एसपीदेखि जवान दर्जासम्मका सम्पूर्ण कर्मचारीहरुलाई स्टेण्डबाईमा रहन आदेश जारी गरेको हो ।

चुस्त पोशाकमा आ–आफ्नो कार्यालयबाट तुरून्त परिचालन हुनसक्ने गरी स्टेण्डबाईमा रहन आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्