चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्षको निधन



चितवन,माघ २१ । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचारको क्रममा गए राति निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

लामो समयदेखि कलेजो पीडित हुनुभएका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताइन । उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिए ।

रानामगरको श्रीमती र एक छोरी छन् । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्