अख्तियारका कार्यवाहक प्रमुख आयुक्त जोशीले दिए राजीनामा



काठमाडौ,माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । प्रमुख आयुक्त प्रेमकुमार राई तथा आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पदबहाल गरेलगत्तै जोशीले राजीनामा दिएका हुन् ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश पाएपछि जोशी कार्यवाहक आयुक्त बनेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बिहान प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्तमा शपथ ग्रहण गराएकी थिइन् । राई पदभार ग्रहण गर्न आयोग पुग्दा यसअघिकी आयुक्त सावित्री थापा गुरुङ मात्र उपस्थित थिइन् । जोशी उपस्थित थिएनन् ।

अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयुक्त जोशीले राजिनामा दिएको जानकारी राष्ट्रपति कार्यालयले पठाएपछि बुधबार नै उनलाई विदाइ गरिएको छ । अख्तियारले आफ्नो वेबसाइटबाट जोशीको नाम र तस्बिर हटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्