बितेको २४ घण्टामा थप १ सय ४२ कोरोना संक्रमित



काठमाडौं, २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ४२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा कोरोनाबाट २०६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख  ६७ हजार ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्