लुम्बिनी प्रदेश स्थापनाकालको ३ बर्ष पूरा



काठमाडौं,माघ २१ – लुम्बिनी प्रदेश स्थापनाकालको ३ बर्ष पूरा गरेको छ । स्थापनाकाल देखि हाल सम्म प्रदेश सभाले ६ वटा अधिवेशन गरेको छ । प्रदेश सभामा ६५ वटा विधेयक दर्ता भएकामा ५९ वटा पारित भएका छन् । कानुन बनाउने प्रदेश सभामा लुन्बीनी प्रदेश सभा सबैभन्दा अगाडी रहेको छ ।

हाल सम्म प्रदेश सभाले ५९ वटा कानुन बनाईसकेको छ । शून्य संरचनाबाट शुरु भएको प्रदेशसभाका लागि आवश्यक सभा हल, विषयगत समिति संसदीय दलका कार्यालय र पुस्तकालय तयार भएका छन् ।

कार्यालयको प्रभावकारी र मर्यादित व्यवस्थापन गर्न प्रदेशसभाले संविधानको धारा, १९५ बमोजिम प्रदेशसभा सचिवालयको स्थापना र सचिवको व्यवस्था गरेको छ ।

कोरोना महामारीका कारण प्रदेशसभा त्यति सक्रिय छैन । यद्यपि कोरोना महामारीकै बीच केही दिन मात्रै बसेको प्रदेशसभाले ढिलै भए पनि प्रदेशको नाम र राजधानीको टुङ्गो लगायो ।

प्रतिक्रिया दिनुहोस्