मंगलबार ६५.४९ अंकसहित सेयर बजार उच्च विन्दुमा
काठमाडौ,माघ २१ । मंगलबार सेयर बजारले उकालो यात्रा तय गरेको छ । तथ्यांकअनुसार हिजो सेयर बजारमा दोहोरो अंकले बढेको हो ।
मंगलबार नेप्से परिसूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा पुगेको हो । नेप्से २.७२ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १४.१० अंकले बढेर ४५१.३८ अंकमा पुगेको छ ।
कुल २ सय वटा कम्पनीको १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार मंगलबा्र कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकि १ वटा उपसमूहको मात्र सेयर घटेको छ । त्यस्तै होटल समुहको सेयर घटेको हो।
त्यसैगरी, कारोबार रकमको आधारमा मंगलबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५८ करोड ८७ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।