भूकम्पको धक्का महसुस



काठमाडाैँ,माघ २० । काठमाडाैँ आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ९ बजेर ५९ मिनेट जाँदा मनाङको नार भन्ने स्थानमा केन्द्रविन्दु बनाएर गएको ५.३ म्याग्निच्यूडको भूकम्पले काठमाडाैँ आसपासका जिल्लामा धक्का महशुष भएको छ ।

विशेषगरी गण्डकी प्रदेशका जिल्लामा लगायत काठमाडाैँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्