दार्चुलामा पहिरोले महाकाली थुनियो, प्रशासनले गरायो स्थानीयबासीलाई सचेत



काठमाडौ,माघ २० । नेपाल–भारत पश्चिम सीमा महाकाली नदी थुनिएको छ ।

दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले जानकारी दिए ।

थुनिएको नदी जुनसुकै बेला फुट्न सक्ने भएकाले तटी क्षेत्रमा बसोबास भएका र काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालय आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्