थप १७१ संक्रमित, २५९ जना डिस्चार्ज



काठमाडौं, माघ २० । नेपालमा पछिल्लो २४ घण्टा समयावधिमा कोरोना भाइरसका १ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टा समयावधिमै २५९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६६ हजार ८ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्