कति छ आज सुनको मूल्य



काठमाडौ, माघ २० । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्