सुनकाेशीकाे नाै किलाेमा बस दुर्घटना, १५ घाईते



दुर्घटनाग्रस्त बस

सिन्धुपाल्चोक,माघ २० । सुनकाेशीकाे नाै किलाेमा बस दुर्घटना भएको छ। दोलखा बाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस सुनकाेशी गाउँपालिकास्थित नाै किलाेमा दुर्घटना भएकाे हो ।

लामोसाघु जिरी सडक खण्डमा बा२ख २७८९ नम्बरको बस दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १५ बढी घाइते छन् । तिव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको हाे। चालक फरार रहेका छन् ।

दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको र विस्तृत विवरण अाउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्