प्युठानमा अबैध सम्बन्धबाट बच्चा जन्मिएपछि हत्या, आमा पक्राउ



प्युठान,माघ २० । जिल्लाको नौबहिनी गाउँपालिका ५, डामृमा ७ दिनको वेवारीसे बच्चा (छोरी)मृत अवस्थामा फेला परेको छ । अभिवाहित रहेकी ३५ वर्षिय स्थानीय सपना थापा मगर (नाम परिवर्तन) ले अबैध सम्बन्धबाट बच्चा जन्मिएपछि आफैले बच्चाको हत्या गरी वेवारीसे रुपमा फालेको रहस्य खुलेको हो ।

बच्चा जन्माएर घर नजिकै जंगलमा वेवारीसे रुपमा फाले पश्चात कुकुरले सव खाइरहेको अवस्थामा भेटेका थिए । उनीहरुका अनुसार घुडा तल सम्मको भाग कुकुरले खाइसकेको थियो । वेवारीसे बच्चा भेटिएपछि डामृ प्रहरी चौकीका इन्चार्ज हवल्दार धर्मराज थापाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानको लागि बच्चाको आमालाई अनुसन्धानको लागि पक्राउ गरेको छ ।

प्रहरीसँग थापा मगरले स्थानीय एक युवकसँगको सम्बन्धबाट गर्भ रहेको र उसले नस्विकारेपछि बाध्यताले यस्तो गर्नुपरेको बाध्यता सुनाएको बताइएको छ । प्रहरीले उनलाई सोमवार पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र सत्य तथ्य चाँडै पत्ता लाग्ने भएकाले अनुसन्धानमा सबैलाई सहयोग गर्न प्रहरीले आग्रह  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्