बिहीबारदेखि शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौँ, माघ २० । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली अधिकांश स्थानमा वर्षा तथा हिमपात हुने भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशभर हल्का वर्षासंगै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

वर्षा तथा हिमपात प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी शुरु हुने मौसमविदले कडेलले बताइन्। हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्