चीनमा काेराेनाकाे नक्कली खोप बनाएको आरोपमा ८० जना पक्राउ



एजेन्सी,माघ २० । कोरोना विरुद्धको नक्कली खोप बनाएको आरोपमा चीनमा ८० जनालाई तीन शहरबाट पक्राउ गरिएको छ। प्रहरीले  जियांग्सु, बीजिंग र शानडोंगबाट ३ हजार नक्कली खोप समेत बरामद गरेको बताएको छ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले गत बर्ष सेप्टेम्बरमा गिरोहले उच्च मूल्यमा खोप वितरण गरेको जानकारी पाएको थियो सोही अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

चीनमा २ कम्पनी सिनोवाक र सिनाफार्मलाई मात्र खोप लगाउन जिम्मा दिइएको छ। दुबै कम्पनीहरूले अन्य धेरै देशहरूमा खोपहरू पठाउँदै आएका छन्। 

प्रतिक्रिया दिनुहोस्