लिखु गाउँपालिकालाई मोतियाबिन्दु मुक्त गर्न आँखा शिविर



नुवाकोट,माघ २० । जिल्लाको लिखु गाउँपालिकालाई मोतियाबिन्दु मुक्त गर्न आँखा शिविरको आयोजना गरिएको छ।

गाउँपालिकाले यहि माघ ३० र फागुन १ गते निशुल्क आँखा शिविर आयोजना गर्न लागेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको चौघडा स्वास्थ्य चौकीमा हुने शिविरमा मोतियाबिन्दुको अप्रेसन लगायत आँखाका विभिन्न समस्याको परिक्षण हुने बताइएको छ।

लायन्स क्लब अफ काठमाडौको प्राविधिक सहयोगमा हुने शिविरमा तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ आँखा विशेषज्ञको उपस्थिति रहने लिखुका नवराज थापाले बताए।

प्रतिक्रिया दिनुहोस्