चीनले नेपाललाई तीन लाख कोरोना खोप दिने



काठमाडौ,माघ १८ । चीनले नेपाललाई तीन लाख कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ ।

नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले एक लाख ५० हजार जनालाई पुग्ने गरी ३ लाख डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको हो ।

चीनले आफ्नो सरकारी औषधी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्