नुवाकोटस्थित नेपाल टेलिकमको नेटवर्कमा समस्या



नुवाकोट,माघ १८ । नुवाकोटस्थित नेपाल टेलिकमको नेटवर्क सेवामा समस्या देखिएको छ ।

ककनी र सुइरे चौरको अप्टिकल फाइबरमा एकैपटक समस्या देखिएपछि जिल्लाको मध्य तथा पुर्वी क्षेत्रमा टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् ।

आइतबार बिहानैदेखि टेलिकमको नेटवर्कमा समस्या आएको स्थानीयले बताएका छन् ।

टेलिकमले भने मर्मतको काम भइरहेको छ, केही समय लाग्ने बताएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पनि नुवाकोटमा आज नेटवर्कमा आएको समस्या त्रिशुली पुलभन्दा यताको धोवीखोलामा टेलिफोन केवुल पग्लंदा भएको बुझिएको भन्दै मर्मत संभार कार्यको लागि समन्वय भइसकेको जनाएका छन् । उनले डेढदेखि दुई घण्टाभित्रै नेटवर्कको समस्या हल हुने जानकारी प्राप्त भएको सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्