नेकपा ओली समूह नुवाकोटको सोमबार बट्टारमा बृहत् भेला
नुवाकोट माघ १७ ।
नेकपा ओली समूह नुवाकोट जिल्ला संगठन कमिटीको पर्सि १९ गते सोमबार बृहत् भेला हुने भएको छ ।
पार्टी विभाजनपछि ओली समूहले माघ १९ गते होटल स्क्वायर, बट्टारमा बृहत् भेला आयोजना गरेको हो । नेकपा नुवाकोट जिल्ला संगठन कमिटी आयोजक र प्रचारक राष्ट्रिय युवा संघ रहेका छन् ।
भेला बिहान ११ बजेदेखि सुरु हुने नेकपा नुवाकोटका नवनिर्वाचित अध्यक्ष बद्री मैनालीले जानकारी दिए । भेलाका लागि ुअराजकताको अन्त्य, राष्ट्रिय स्वाधिनता र संविधानको रक्षासहित विकासको निरन्तरताका लागिु नारा तय गरिएको छ ।
वाग्मती प्रदेश सभा सदस्य समेत रहेका मैनाली बिहीबार ओली समूहको विस्तारित बैठकबाट अध्यक्षमा चुनिएका हुन् । बैठकले प्रचण्ड नेपाल समूहमा लागेका अध्यक्ष हिरानाथ खतिवडालाई कारबाही गर्दै मैनालीलाई अध्यक्ष चयन गरेको हो ।
सत्तारुढ नेकपा पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि विभाजन भएको हो । भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु सम्बोधनका लागि उपस्थित हुनेछन् ।