नेपाल विद्युत प्राधिकरण बागलुङले विद्युत सेवा प्रभावकारी बनाउँदै
बागलुङ,माघ १७ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादनलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा न ७ मल्ममा नयाँ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सुचारु गरेको छ ।
विद्युतको माग र वितरण प्रणालीलाई सुधार गरी प्रभावकारी बनाउने उद्देश्यले आवश्यकता अनुरुप कार्य सम्पादन गरिरहेको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । केन्द्रिय विद्युत उपभोग गर्ने ग्राहकहरुको संख्या वृद्धि हुँदै गएपछि ट्रान्सफर्मरको लोड व्यवस्थापन गर्नको निमित्त मल्म ठुलचौतारामा २५ केवि क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नयाँ ट्रान्सफर्मरको एक कार्यक्रमका बिच नेपाल विद्युत पा्रधिकरण बागलुङका प्रमुख शिव नारायण गोशेलिले स्विच अन गरी सेवा सुभारम्भ गरेका थिए ।
उक्त ट्रान्सफर्मरबाट मल्मको अर्बेदि, खालि र टोकरीका झन्डै ५० घर धुरी लाभान्वित भएका छन । वडामा विद्युतिकरणलाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गरि जनताको दैनिकिमा सहजता ल्याउन केहि समय आगाडि वडा कार्यालय र सामाजिक संस्था घुम्टे युवा परिवारले नेपाल विद्युत प्राधिकरणलाई ट्रान्सफर्मर र अन्य विद्युतका सामग्रीहरु माग गरेको गलकोट नगरपालिका वडा न ७ का अध्यक्ष सुबेदार टिका वहादुर थापाले बताए । वडालाई गत वर्ष देखि काठको पोल मुक्त बनाइएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिए ।
सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू, जनप्रतिनिधी, समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो । मल्ममा वि.सं. २०६८ सालदेखि केन्द्रिय विद्युत सेवा सञ्चालनमा आएको छ।