टिप्पर आतंक: मृतकका आफन्तले कारबाहीको माग गर्दै गरे नुवाकोट बन्द



नुवाकोट,माघ १७ । आज बिहानैदेखि ट्रिपरको ठक्करबाट मृत्यु भएका रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेका आफन्तले नुवाकोट रसुवा बन्द गराएका छन्। दोषीलाई कारबाही र पिडित पक्षलाई क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तहरुले नुवाकोट र रसुवा बन्द गराएका हुन्।

शुक्रबार बिहान नुवाकोटको गल्छी हुदै राजधानी काठमाडौ जान लागेका न्यौपानेको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित केउरनी नजिकै ‘देवीघाट–गल्छी’ सडक खण्डमा बा ४ ख ६५९४ ट्रिपरले ठक्कर दिँदा ज्यान गएको थियो । मृतकका आफन्तले दोषीलाई कारवाही र पिडितपक्षलाई न्यायको माग गर्दे प्रर्दशन गरिएको उल्लेख छ।

उनी चढेको बा.७५ प ७६११ नं को मोटरसाइकल लडिरहेको अबस्थामा भेट्टिएको भन्दै प्रहरीले उद्धार गरेर त्रिशूली अस्पताल पुराएको थियो । अस्पताल पुग्ने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्