हत्या आरोपमा जुम्लामा दुई जना पक्राउ



सुर्खेत माघ १६ ।
जुम्ला प्रहरीले एक महिलाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
गहना लुटपाटपछि ६९ वर्षीया महिलाको हत्या आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ४ सिङगाचौर बस्ने १९ वर्र्षिया यज्ञ सार्की र १९ वर्र्षिया खगेन्द्र सुनार रहेका छन्।

चन्दननाथ भारतीवाडाकी ६९ वर्षीया महिला गत्त पुस १६ गते आफ्नो घरभित्र मृत अवस्था फेला परेकी थिइन् । उनका आफन्तले नाक, कान, घाटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका गरेका थिए । मृत महिलाका आफन्तले हातमा औठी, छाप, कानमा गहना सहित चार तोला सुन समेत नभएको र घाटीमा थिचेको जस्तो घाउ भएको भन्दै प्रहरीमा अनुसन्धान गरिदिन भनि उजुरी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार पीडितको उजुरी आएपछि अनुसन्धान गर्दा यही माघ १३ गते उक्त ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउपछि अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्