ओलीले संविधानमाथि घात गरे : माधव नेपाल



विरटनगर माघ १६ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाभित्र तमासा गर्ने एकमात्र व्यक्ति केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

विराटनगरमा आयोजित आफ्नो समूहको विरोध सभालाई सम्बोधन गर्दै नेपालले संविधानमाथि घात गर्ने काम ओलीले गरेको बताएका हुन् । नागरिकको त्याग र बलिदानबाट आएको संविधानको घाँटी रेट्ने काम केपी ओलीबाट भएको नेता नेपालको भनाइ छ । केपी ओली ओरालो लागिसकेको व्यक्तिको पछि लाग्ने ओलीका मान्छेका अनुहार मलिन हुँदै गएको, ओली गुटमा लागेका व्यक्तिहरू शोक, बेहाल, बिजोग र घर न घाटको अवस्थामा पुगेको नेता नेपालको भनाइ छ ।

वकिल, पूर्वप्रधानन्यायाधीश, पत्रकार, नागरिक समाजलाई, सबैलाई ओलीले अपमान गरेको उनको आरोप छ । कम्युनिस्टहरू संस्कार बोकेर हिँड्ने, सबैलाई सम्मान गर्ने पार्टी भएकाले आफूहरूले सबैलाई इज्जत र प्रतिष्ठा गर्ने तर ओलीले अपमानमात्र गरेको नेता नेपालको भनाइ छ ।

कम्युनिस्ट पार्टी, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समानुपातिक र समावेशितासँग ओलीलाई एलर्जी भएका कारण त्यसलाई बिगार्ने काम ओलीले गरेको तर आफूहरूले बनाउँदै गएको नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्