नुवाकोटको बेलकोटगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



नुवाकोट,माघ १६ । नुवाकोटको बेलकोटगढीमा मोटरसाइकल दुर्घटना भएको छ।

बेलकोट नगरपालिकाको वडा नं ५ स्थित केउरेनीमा बा ७५ प ७६११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रसुवाबाट गल्छी हुँदै काठमाडौ जादै गरेका रसुवाका छविलाल न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्