प्रचण्डले भने : संसद् भंग भएको छैन, ओली सरकार विघटन भएको हो
काठमाडौं माघ १६ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् भंग नभएको बताउँदै बरु केपी ओली नेतृत्वको सरकार विघटन भएको बताएका छन्।
शुक्रबार प्रचण्ड-माधव पक्षको आमसभालाई विराटनगरमा सम्बोधन गर्दै प्रचण्डले संविधानले प्रतिनिधि सभा भंग गर्ने कल्पना नगरेको दाबी गरे। प्रतिनिधि सभा विघटन भएपछि केपी ओली सरकारको वैधानिकता समेत नहुने बताए। प्रचण्डले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई छोराछोरी र ज्वाइँ बाहेक अरु कसैलाई नहेरेको भनेर गरेको टिप्पणीलाई समेत खण्डन गरेका छन्।
यसअघि सार्वजनिक कार्यक्रममा ओलीले प्रचण्डले परिवार बाहेक आफ्ना योद्धाका छोराछोरीलाई कहिल्यै नहेरेको आरोप लगाएका थिए। त्यसलाई खण्डन गर्दै प्रचण्डले निस्सन्तान नहुनु आफ्नो दोष नभएको बताए। ‘म नपुंशक भइनँ। निस्सन्तान भइनँ मेरो दोष होरु’ आक्रोशित हुँदै प्रचण्डले भने, ‘निस्सन्तान नहुनु मेरो दोष होइन। जसले शान्ति र समृद्धिको लडाइँमा नयाँ युगतिर लान पहल गर्यो। जसले त्याग र बलिदानमा होमियो त्यसलाई यसरी आरोपित गर्न पाइँदैन।’
आफूले विकास र समृद्धिको सपना देखेको बताउँदै प्रचण्डले त्यो अपराध हो रु भन्दै प्रतिप्रश्न गरेका थिए। प्रतिनिधि सभा विघटन गरेपछि सबै जनता जागिसकेकाले त्यसको फैसला गरेरै छोड्नेउनको दाबी छ।