सुदूरपश्चिम प्रदेशको धनगढीमा राजतन्त्र र हिन्दु राष्ट्रको समर्थनमा प्रदर्शन
धनगढी माघ १५ ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राजसंस्था र हिन्दु राष्ट्रको माग राख्दै बृहत प्रदर्शन गरिएको छ।
‘सुन्दर सुदूरपश्चिम बासी जनता’को ब्यानरमा आयोजना गरिएको प्रर्दशनमा ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दु राज्य कायम गरौँ जस्ता नारा लगाउँदै धनगढी बजार परिक्रमा गरिएको थियो।
धनगढीको बुद्धचोकबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै ट्राफिक चौराहमा पुगेको थियो। हात हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका यूवाहरुले नारा जुलुस लगाउँदै र्यालीमा सहभागी भएका थिए।
आयोजक मध्यका ललित जोशीले भने- ‘वर्तमान संविधान अपूरो र यसले नेपालको संस्कृतिलाई अंगिकार नगरेकाले दवाव स्वरुप प्रर्दशन गरेका हौं।’
कोण सभामा बोल्ने बक्ताहरुले कसैको दवाव र लहडमा प्रर्दशन नगरी स्वतस्फुर्त प्रर्दशन गरिएको बताए। उनीहरुले नेपाल बिदेशीको ईसारामा चल्ने गरेको बताउँदै त्यसका बिरुद्ध आम नेपाली एकजुट हुनुपर्ने बताए।