कोरोना विरुद्धको खोप लगाएका केहीलाई स्वास्थ्य समस्या, नआत्तिन डाक्टरको सुझाव



काठमाडौं माघ १५ ।

कोभिड विरुद्धको कोभिसिल्ड खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा सामान्य असर देखिएको छ।

त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरसहित २ जना नर्स अन्य १ जनामा सामान्य असर देखिएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यकर्मीले बुधवार कोभिड विरुद्धको खोप लगाएका थिए। अहिले सबै स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक काफ्लेले जानकारी दिए।

बुधवारदेखि मुलुकभर कोरोना विरुद्धको खोप लगाइएको थियो। ९ हजारभन्दा बढीमा खोप लगाइएको थियो। त्रिवि शिक्षण अस्पतालमा हिजो स्वास्थ्यकर्मीसहित १ सय ९२ जनामा खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्